ad ad

राजनीति


सर्वोच्चमा १५ गतेबाट गोलाप्रथा लागू गर्ने फुलकोर्टको निर्णय

सर्वोच्चमा १५ गतेबाट गोलाप्रथा लागू गर्ने फुलकोर्टको निर्णय

नेपालखबर
मंसिर ९, २०७८ बिहिबार १५:८, काठमाडौँ

सर्वोच्च अदालतमा मंसिर १५ गतेबाट गोलाप्रथाबाट इजलास गठन र पेशी तोक्ने व्यवस्था लागू हुने भएको छ।

बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी बुधबारदेखि लागू गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देबेन्द्र ढकालले जानकारी दिए। 

यसअघि मंगलबार न्यायाधीशहरुले नै बुधबार फुलकोर्ट बोलाउने र १५ गतेबाट गोलाप्रथा मार्फत पेशी तोक्ने सहमति गरेका थिए। उक्त सहमति फुलकोर्टबाट पारित भएको हो।

फुलकोर्ट बैठकमा प्रधानन्यायाधीशलाई भने सहभागी गराइएन। उनले न्यायाधीशहरुले गरेका निर्णयमा पछि हस्ताक्षर गरेका हुन्। यसअघि पेशीसम्बन्धी निर्देशिका र सर्वोच्च अदालत नियमावली संशोधन गर्ने निर्णय गर्दा पनि राणालाई सहभागी गराइएको थिएन।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले सर्वोच्च अदालतमा देखिएको बेथिति अन्त्यका लागि गोलाप्रथा तत्काल लागू गर्न सुझाव दिएको थियो। स्वचालित प्रणालि लागू गर्न सुझाव दिए पनि त्यसका लागि समय लाग्ने भएपछि तत्काल गोलाप्रथा सुरु गरिएको हो।  

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरुले इजलास नै बहिस्कार गरेका थिए। अहिले पनि सबैखालका मुद्दामा भने सुनुवाइ भएको छैन। गोलाप्रथाबाट पेशी तोक्न थालेपछि मात्रै सबै मुद्दा हेर्ने न्यायाधीशहरुको सहमति छ। 

यतिबेलासम्म बन्दिप्रत्यक्षीकरण, मुद्दा फिर्ता, फैसला तथा आदेश संशोधन, निवेदन फिर्ता लगायतका रिट निवेदनमा मात्रै सुनुवाइ भइरहेको छ। प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा आफूखुशी गरेको र न्यायालयको बदनाम गरेको भन्दै न्यायाधीशहरुले नै उनलाई बहिस्कार गरेका हुन्। 

सहकर्मी न्यायाधीशले नै बहिस्कार गरेपछि राणा झण्डै दुई सातादेखि इजलासमा बस्न सकेका छैनन्। त्यसअघि एकल इजलासबाट मुद्दाको सुनुवाइ गरेका प्रधानन्यायाधीश अरु इजलास फर्किएपछि आफ्नो बेन्च राखेका छैनन्। 

न्यायाधीशहरुले गोलाप्रथा सुरु भएपनि प्रधानन्यायाधीश राणासँग बेन्च शेयर नगर्ने अडान भने कामय राखेका छन्। कानुन व्यवसायीले भने राणाको राजीनामा माग गर्दै आन्दोलन जारी राखेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .