ad ad

राजनीति


एमालेको अन्तिम स्थायी कमिटी बैठकमा अध्यक्षका उम्मेदवार भीम रावलको फरक मत (पत्रसहित)

एमालेको अन्तिम स्थायी कमिटी बैठकमा अध्यक्षका उम्मेदवार भीम रावलको फरक मत (पत्रसहित)

नेपालखबर
मंसिर ८, २०७८ बुधबार १९:५६, काठमाडौँ

पार्टीको महाधिवेशन प्रतिनिधि चयनप्रति असन्तुष्ट नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्थायी कमिटी बैठकमा फरक मत राखेका छन्। 

यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका रावलले मंगलबार बसेको स्थायी कमिटी बैठकमा फरक मत दर्ज गराएका हुन्। 

उनले कैलाली–२ मा स्वेच्छाचारी ढंगले प्रतिनिधि चयन गरिएको आरोप लगाउँदै बैठकको निर्णयमा फरक मत लेखेका हुन्। 

यस विषयमा पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको उनको गुनासो छ। 

हेर्नुहाेस् रावलले पार्टीमा राखेकाे फरक मत-

नयाँ नेतृत्व चयनका लागि १०औं राष्ट्रिय महाधिवेशन हुनुअघि मंगलबार एमालेको पुरानो नेतृत्वको अन्तिम स्थायी कमिटी बैठक बसेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .