ad ad

राजनीति


आफ्नै जिल्लामा कमजोर देखिए गृहमन्त्री खाँण

आफ्नै जिल्लामा  कमजोर देखिए गृहमन्त्री खाँण

नेपालखबर
मंसिर ४, २०७८ शनिबार १३:४०, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाँणले आफ्नै जिल्लामा कमजाेर देखिएका छन्। शुक्रबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनमा खाँणकाे पक्षमा राम्राे नतिजा आएको छैन। रुपन्देही क्षेत्र नम्बर १ बाहेकका क्षेत्रमा खाँडको उपस्थिति कमजाेर देखिएको छ। रुपन्देही १ क बाट नवीनराज आचार्य र १ ख बाट मदनराज पोखरेल प्रदेश क्षेत्रीय सभापतिमा प्यानलसहित विजयी भएका छन्।

रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गतका दुवै प्रदेश क्षेत्रमा रामचन्द्र पौडेल पक्ष हाबी देखिएको छ। २ क मा खड्कबहादुर महत र ख मा परशुराम ढकालको प्यानल विजयी भएको हो।

दुवै क्षेत्रमा एकजना बाहेक अरु पौडेल पक्षकै प्रदेश प्रतिनिधि विजयी भएका छन्। तिलोत्तमा २ क गृहमन्त्री खाँणका स्वकीय सचिव विजेश न्यौपाने र कांग्रेस लुम्बिनी संसदीय दलका नेता वीरेन्द्र कनौडियाका स्वकीय सचिव सञ्जीव बस्याल पनि प्रदेश प्रतिनिधिमा पराजित भएका छन्।

क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरका अधिकांश वडा, तिलोत्तमा र सैनामैनाका केही वडा पर्छन्।

क्षेत्र नम्बर ३ क मा झडप  भएर मतगणना स्थगित भएको छ । यहाँ खाँण इतर पक्षले अग्रता लिइरहेको बेला झडप भएको थियो।

३ ख मा देउवा अर्थात खाँण पक्षका घनश्याम चालिसे प्यानलसहित विजयी भएका छन्। क्षेत्र नम्बर ४ मा संस्थापन इतर पक्ष विजयी भएको छ। ४ क मा शिवकुमार यादव र ४ ख मा श्रीराम यादव प्यानलसहित विजयी भएका छन्।

क्षेत्र नम्बर ५ का दुबै प्रदेशका क्षेत्रमा भरतकुमार शाह पक्षका उमेद्वार विजयी भएका छन् ५ क मा रामबहादुर थापाको प्यानल विजयी भएको छ। ५ ख विन्दाराम यादवको नेतृत्वमा सर्वसम्म्त कार्यसमिति र प्रतिनिधि चयन भएका हुन्। 

भरतकुमार शाह पनि देउवा पक्षकै हुन्। तर, रुपन्देहीमा बालकृष्ण खाँण र भरतकुमार शाहका अलग अलग समूह छन्। रुपन्देहीको पश्चिम क्षेत्र शाहको बलियो क्षेत्र हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .