ad ad

राजनीति


प्युठानका नेता हिराबहादुर केसी एमालेमै, भने : समाजवादीमा लागेको थिइनँ

प्युठानका नेता हिराबहादुर केसी एमालेमै, भने : समाजवादीमा लागेको थिइनँ

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १४:१४, काठमाडौँ

पार्टी विभाजनका क्रममा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेका प्युठानका नेता हिराबहादुर केसी एमालेमै फर्किएका छन्। 

उनी एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल नेताहरु शंकर पोखरेल, विष्णु रिमाल, मणि थापा र सूर्य थापाको समेत उपस्थितिमा समाजवादी छाडेर पुरानै पार्टीमा फर्किएका हुन्।

२०७० सालको संविधानसभाका सदस्यसमेत रहेका उनले आफू एमालेमै निरन्तर प्रतिवद्ध रहेको पनि बताएका छन्। 

'पार्टी विभाजन गरी बनेको कथित गुटको केन्द्रीय अनुशासन आयोगको सदस्यमा राखेको भनी अन्तरपार्टी निर्देशन जारी गरेको सुन्दा आश्चर्य लागेको छ', उनले भनेका छन्, 'म नेपाली जनताको प्रिय पार्टी विभाजनको पक्षमा कहिल्यै थिइनँ र छैन। तसर्थ मलाई संविधानसभा सदस्य बनाउने एमालेमै रहेको स्पष्ट गर्न चाहन्छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .