ad ad

राजनीति


प्रदेशसभा बैठक रोक्न एमालेले पनि पठायो सभामुखलाई पत्र

प्रदेशसभा बैठक रोक्न एमालेले पनि पठायो सभामुखलाई पत्र

नेपालखबर
कात्तिक ७, २०७८ आइतबार १३:५२, काठमाडौँ

मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन प्रयोजनका लागि आइतवार डाकिएको प्रदेशसभा १ को बैठक रोक्न सत्तारुढ नेकपा एमालेले पनि सभामुखलाई पत्र पठाएको छ। 

मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत लिने प्रस्तावमाथि छलफल र मत विभाजन कार्यसूची तय भइसकेको अवस्थामा एमाले संसदीय दलले पनि बैठक रोक्न भनेको हो। 

प्रदेश १ स्थित एमाले प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले सभामुख  सभामुख प्रदीपकुमार भण्डारीलाई पत्र लेखेका हुन्। उनले आज बस्ने भनिएको बैठक आगामी कात्तिक १५ गतेसम्मलाई स्थगित गर्न भनेका छन्। 

यस पहिले सरकारमा आफ्नो दाबी गरिरहेको नेपाली कांग्रेसले आचार्यलाई विश्वासको मत दिने कार्यक्रमका लागि बैठक रोक्न माग गरेको थियो। 

आफ्ना केही सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिने खबर पाएलगत्तै कांग्रेसले प्रदेशसभा सचिवालयमा निवेदन दिएको थियो। 

कांग्रेसले बैठक स्थगित गर्न सुरुमा माग गरेपछि एमालेले पनि आफूहरु महाधिवेशन केन्द्रित भएकाले प्रदेशसभा रोक्न भन्दै पत्र पठाएको हो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .