ad ad

राजनीति


अमेरिकासहित १० मुलुकका राजदूतलाई टर्कीले गर्‍याे देशनिकाला

अमेरिकासहित १० मुलुकका राजदूतलाई टर्कीले गर्‍याे देशनिकाला

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगान


नेपालखबर
कात्तिक ७, २०७८ आइतबार ५:१७, काठमाडौँ

टर्कीले घरेलु मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै अमेरिका, फ्रान्सलगायत १० देशका राजदूतलाई देशनिकाला गर्न आदेश दिएको छ। 

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले शनिबार आफ्नो विदेश मन्त्रालयलाई उक्त आदेश दिएका हुन्। 

अमेरिकासहित ती देशले सामाजिक कार्यकर्ता उस्मान काभलाको की रिहाइको समर्थन गरेको बताइएको छ।

यसपछि टर्कीको राष्ट्रपतिले उक्त कारबाही गरेका हुन्। राष्ट्रपति एर्डाैगानले उत्तर पश्चिमी टर्कीको  एस्किसेहिर सहरमा भाषणका क्रममा उक्त जानकारी दिएका हुन्। 

चर्काे स्वरमा उनले भने, ‘यस कारबाहीबाट ती देशले टर्की कस्तो मुलुक हो भन्ने बुझ्छन्।’

चार वर्षदेखि जेलमा छन् काभला 
उस्मान काभला ४ वर्षदेखि जेलमा छन्। उनीविरुद्ध सन् २०१३ मा देशव्यापी विरोधका लागि आर्थिक सहयोग गरेको आरोप छ।

टर्की सरकारले उनीविरुद्ध सन् २०१६ मा गरिएको असफल विद्रोहमा पनि उस्मानकै हात रहेको आरोप पनि लगाएको छ। तर उनले उक्त आरोप अस्वीकार गरिरहेका छन्।

काभलालाई सन् १०१७ मा गिरफ्तार गरिएको थियो। 

यी १० देशका रजादूतलाई कारबाही 
यही अक्टोबर १८ मा अमेरिका, फ्रान्स, जर्मनी, क्यानाडा, डेनमार्क, नेदरल्यान्ड, नर्वे, स्विडेन, फिनल्यान्ड र न्युजिल्यान्डका राजदूतले संयुक्त विज्ञप्ति जारी गरी कवलाको रिहाइको माग गरेका थिए। उनीहरूले सामाजिक कार्यकर्ता काभलाका विषयमा चाँडो निर्णय गर्न टर्की सरकारलाई दबाब दिएका थिए।

यसपछि टर्कीको विदेश मन्त्रालयले यी सबै देशका राजदूतलाई बोलाएर गैरजिम्मेवार अभिव्यक्ति दिएको भनेर आलोचना गर्यो। यसको चार दिनपछि शनिबार उनीहरूलाई टर्की छाड्न निर्देशन दिइएको हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .