श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूतले शिष्टाचार भेट गरेकी छन्।
शुक्रबार स्वीट्जरल्याण्डका राजदूत इलिजावेथ भोन केप्लरले सिंहदरबारस्थित कार्यकक्षमा मन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेकी हुन् ।
भेटमा राजदूत केप्लरले मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरेको श्रम मन्त्रालयले जनाएको छ।
नेपाल–स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहेको चर्चा गदै मन्त्री श्रेष्ठले दुई देशबीच नजिकबाट सहकार्य हुँदै आएको बताए।
राजदूत केप्लरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझ प्रगाढ बनाउन एक अर्कामा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएकी थिइन्।
6
Shares
प्रतिक्रिया