ad ad

राजनीति


मुख्यमन्त्री पद जोगाइरहन कुनै सम्झौता गर्न चाहिनँ : अष्टलक्ष्मी शाक्य

मुख्यमन्त्री पद जोगाइरहन कुनै सम्झौता गर्न चाहिनँ : अष्टलक्ष्मी शाक्य

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०७८ बिहिबार १६:५२, काठमाडौँ

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद जोगाउने नाममा आफूले कुनै पनि किसिमको सम्झौता गर्न नचाहेको बताएकी छन्। 

विश्वासको मत लिन दर्ता गरिएको प्रस्तावमाथि बिहीबार प्रदेशसभा बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएकी हुन्।

उनले आफूलाई मुख्यमन्त्री पद जोगाउन विभिन्न प्रस्ताव आए पनि नैतिकतमा च्यूत भएर कुनै सम्झौता गर्न नचाहेको पनि बताइन्। 

'मैले मेरो नैतिकता र इमान्दारितामा आँच आउने गरी कुनै सहमति गर्न चाहिनँ', उनले भनिन्, 'हामीले हाम्रै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको विपक्षमा खरो उत्रिएका थियौँ', उनले भनिन्, 'हामीले विरोध गरेपछि अध्यादेश फिर्ता भयो। तर अहिले विरोध गरेको भन्दा निकृष्ट ढंगले अध्यादेश ल्याइयो र दल फुटाइएको छ।'

उनले नेपालको संविधानको धारा १८८ (२) अनुसार आफूले विश्वासको मत लिन लागेको बताइन्। 

त्यसक्रममा शाक्यले आफ्नो सरकारले दुई महिनायता गरेका कामको फेहरिस्त पनि प्रदेशसभा बैठकमा सुनाएकी छन्।

उनले आफ्नो छोटो शासनकालमा प्रदेशमा सुशासन सुधार गरेको र विकासको गतिलाई पनि तीव्र पारेको पनि बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .