ad ad

राजनीति


एकीकृत समाजवादीका ३३५ नेताको कार्यविभाजन, स्थायी कमिटी र पोलिटब्युरोको विवरण (अपानिसहित)

एकीकृत समाजवादीका ३३५ नेताको कार्यविभाजन, स्थायी कमिटी र पोलिटब्युरोको विवरण (अपानिसहित)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल


नेपालखबर
कात्तिक १, २०७८ सोमबार ५:१३, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिँदै नेताहरूको कार्यविभाजन गरेको छ। 

पार्टीका अध्यक्ष माधवकुमार नेपालद्वारा बिहीबार जारी अन्तरपार्टी निर्देशनअनुसार ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको हो। 

केन्द्रीय कमिटी विस्तार, नेताहरूको पदीय हैसियत तथा कार्य विभाजन तय गरिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ। 

अध्यक्ष नेपाल संसदीय दलको नेता तथा पार्टीको समग्र नेतृत्वको जिम्मेवारीमा छन् भने वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको हैसियतमा राखिएको छ।

खनाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। उक्त निर्देशनमा पार्टीको ४२ सदस्यीय स्थायी कमिटी ९४ सदस्यीय पोलिटब्युरो गठन गरिएको जानकारी पनि दिइएको छ। 

नेताद्वय मुकुन्द न्यौपानेलाई उद्योग वाणिज्य विभागको इन्चार्ज र र प्रदीप नेपाललाई प्रतिष्ठानको इन्चार्जको जिम्मेवारी दिइएको छ। उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला प्रमुख तथा उपाध्यक्षहरू प्रमेश हमाललाई स्कुल विभाग, घनेन्द्र बस्नेतलाई प्रदेश १ को इन्चार्ज, केदार न्यौपानेलाई बागमती प्रदेशको इन्चार्ज, केशवलाल श्रेष्ठलाई गण्डकी प्रदेशको इन्चार्ज, धर्मनाथप्रसाद साहलाई प्रदेश २ को इन्चार्ज र जयन्ती राईलाई महिला फाँटको इन्चार्ज बनाइएको छ। 

अध्यक्ष नेपालद्वारा जारी २३ बुँदे अन्तरपार्टी निर्देशन–२ मा  ‘कम्युनिस्ट आन्दोलनमा हाबी दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्ने’ उल्लेख छ। 

यस्तै महासचिव डा. बेदुराम भुसाललाई संगठन र राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी दिइएको छ भने उपमहासचिव प्रकाश ज्वालालाई संगठन विभागको उपप्रमुख र कर्णाली प्रदेशको इन्चार्जको जिम्मेवारी तोकिएको छ। 

हेर्नुहोस् एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन (अपानि)–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .