ad ad

राजनीति


प्रधानमन्त्रीले लगाइदिए मन्त्री र सुरक्षा अधिकारीलाई टीका

प्रधानमन्त्रीले लगाइदिए मन्त्री र सुरक्षा अधिकारीलाई टीका

नेपालखबर
असोज २९, २०७८ शुक्रबार १९:२७, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा आज टीका ग्रहण गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीबाट गृहमन्त्री बालकृष्ण खाण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विजयादशमीको टीका लगाएका हुन्।

मुमाको हातबाट शुभसाइतको टीका लगाएपछि प्रधानमन्त्रीबाट टीका ग्रहण गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिए। 

त्यस्तै प्रधान सेनापति प्रभुराम शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल सरकारका तीनवटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीबाट टीका लगाएका छन्।

कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर मन्त्री निवासमा सीमित संख्याको उपस्थितिमा टीका लगाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .