ad ad

राजनीति


प्रधानन्यायाधीशले भने : अनावश्यक टिप्पणीले न्यायालयको विश्वासमा प्रतिकुल प्रभाव पर्छ

प्रधानन्यायाधीशले भने : अनावश्यक टिप्पणीले न्यायालयको विश्वासमा प्रतिकुल प्रभाव पर्छ

नेपालखबर
असोज २९, २०७८ शुक्रबार ८:५४, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अनावश्यक आशंका र टीकाटिप्पणीले न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्ने बताएका छन्। 

जबराले शुक्रबार विजयादशमीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन्। उनले न्यायपालिकाको संवेदनशीलताप्रति सचेत र सजग रहेको समेत दाबी गरेका छन्।

असार २८ मा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेबापत दुई मन्त्री पद भाग मागेको सन्दर्भमा आलोचित भइरहेका जबराले यस्तो बताएका हुन्।

उनले न्यायपालिका प्रमुखका रुपमा संविधानले आत्मसाथ गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यताप्रति आफू सचेत रहेको पनि बताएका छन्। 

‘न्यायपालिका प्रमुखको हैसियतले संविधानले आत्मसाथ गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासनसम्बन्धी अवधारणाप्रति निष्ठापूर्वकको प्रतिवद्धताका साथ संविधानले दिएको भूमिका र जिम्मेवारीप्रति दृढता व्यक्त गर्दछु,’ जबराले भनेका छन्, ‘त्यसमा कहीँ कतैबाट आँच आउन नदिन सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि प्रष्ट पार्न चाहन्छु।’

उनले विजयादशमी लगायत चाडपर्वले नेपाली समाजमा एकता, सहिष्णुता र आपसी सद्भाव कायम गर्न सदियौंदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्। 

‘विविधताबीचको एकता कायम गरी सामाजिक सांस्कृतिक ऐक्यबद्धता प्रवर्द्धन गर्न यी चाडपर्वहरूले महत्वपूर्ण आधार प्रदान गर्दै आएका छन्,’ जबराले भनेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .