सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्वास्थ्यको ख्याल गरेर पर्वहरु मनाउन आग्रह गरेका छन्।
दसैँ, तिहार, छठ र नेपाल सम्वतको अवसरमा मंगलरबार भिडिओ सन्देश जारी गर्दै उनले स्वास्थ्यको ख्याल गरेर पर्वहरु बनाउन आग्रह गरेका हुन्।
महामन्त्री डा. कोइरालाले कांग्रेसलाई सुदृढ र दिगो बनाउन कार्यकर्ताहरुले पार्टीको आशन्न महाधिवेशनमा सहभागिता जनाउनुपर्ने चाहना पनि राखेका छन्।
‘स्वास्थ्यको ख्याल गरेर तपाईंहरु पर्व मनाउनु होला,’ भिडिओ सन्देशमा उनले भनेका छन्, ‘हाम्रो आउँदो १४ औं महाधिवेशन पनि संघारमा छ। त्यसमा पनि सहभागी भएर नेपाली कांग्रेसलाई सुदृढ र झन् दिगो बनाउन म चाहना राख्न चाहन्छु।’
72
Shares
प्रतिक्रिया