राजनीति


जो बाइडेनलाई बचाएका यिनले सपरिवार छाडे अफगानस्तिान

जो बाइडेनलाई बचाएका यिनले सपरिवार छाडे अफगानस्तिान

आफ्नो परिवारका साथ अमन खलिली।


नेपालखबर
असोज २६

कुनै बेला अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई बचाउने अफगान दोभासे अमन खलिलीले परिवारसहित अफगानिस्तान छाडेका छन्। 

सन् २००८ को कुरा हो, हिम आँधीका कारण अमेरिकी सेनाको हेलिकोप्टर हिउँ परेको उपत्यकामै अवतरण गर्न बाध्य भयो।

जुन हेलिकोप्टमार जो बाइडेन पनि थिएि। जतिबेला उनी सांसद थिए। 

जुन हिउँयुक्त उपत्यकामा अमेरिकी सेनाको हेलिकोप्टर अवतरण भएको थियो, त्यो सुरक्षाका हिसाबले निकै संवेदनशील थियो र त्यहाँ कुनै पनि बेला हमला हुन सक्थ्यो।

त्यस्ताे अवस्थामा अमेरिकी सरकारका केही अफगान कर्मचारीले जो बाइडेनसहित अन्य केही सांसदलाई सुरक्षित रूपमा फर्किन सहयोग गरेका थिए, तिनमा अमन खलिली पनि थिए। 

गत अगस्टमा अफगानिस्तान तालिबानले कब्जा गरेदेखि नै अमन खलिलीले आफ्नो भिसा समस्या समाधान गर्न र अफगानिस्तानबाट बाहिर निस्किन मद्दत गर्न अपिल गरिरहेका थिए। 

त्यसको झन्डै २ महिनापछि उनी सपरिवार अफगानिस्तानबाट बाहिरिन सफल भएका हुन्। 

योसँगै खलिली ती हजारौं अफगान नागरिकको सूचीमा परे, जसले तालिबान शासक बनेका कारण अफगानिस्तान छाडन उचित ठाने।

अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले अमन खलिली र उनको परिवार अफगानिस्तानबाट सुरक्षित निस्किन सफल भएको र अब उनीहरूले पाकिस्तानबाट आफ्नो यात्रा सुरु गरिरहेको जानकारी दिएका छन्। 

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि तालिबानी लडाकुले ती व्यक्तिलाई खोजिरहेको छ, जसले हिजोका दिनमा अमेरिकी सरकारलाई सहयोग गरेका थिए, यस्तो खबर आइरहको थियो। 

तर तालिबानले सुरुमा आफूमा बदलाको भावना नरहेको र आफ्ना विरोधीलाई कुनै कारबाही नगर्ने प्रतिबद्धता जनाएका थिए र तर पछि यो कुरा साँचो साबित भएको पाइएको थिएन। बीबीसी

असोज २६, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .