ad ad

राजनीति


एमसीसी पास गर्नैपर्छ, नत्र देश अफगानिस्तानजस्तो बन्छ : बाबुराम भट्टराई

एमसीसी पास गर्नैपर्छ, नत्र देश अफगानिस्तानजस्तो बन्छ : बाबुराम भट्टराई

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०७८ मंगलबार ४:४३, काठमाडौँ

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम राख्न पनि नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नेपर्नै जिकिरि गरेका छन्।

सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा आफ्नो पार्टीले आयोजना गरेको संगठन सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले एमसीसी अनुमोदन गर्नुको विकल्पन नरहेको दाबी गरेका हुन्। 

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम राख्न पनि नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्नेपर्नै जिकिरि गरेका छन्। 

सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा आफ्नो पार्टीले आयोजना गरेको संगठन सुदृढीकरण तथा जनजागरण अभियान कार्यक्रममा उनले एमसीसी अनुमोदन गर्नुको विकल्पन नरहेको दाबी गरेका हुन्। 
 ‘अन्तर्राष्ट्रिय शक्तिसँग सन्तुलन कायम गर्न पनि एमसीसी पास गर्नैपर्छ’, उनले भने, ‘होइन भने उनीहरूको स्वार्थको भुमरीमा नेपाल फस्नेछ।’ 

भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफगानिस्तानजस्तै बन्ने दाबीसमेत उनले गरे। 

यसैल गर्दा आफ्नो पार्टी जनता समाजवादी पार्टी एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा दृढ रहेको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .