ad ad

राजनीति


नेपाल एअरलाइन्सका कर्मचारीको आन्दोलन स्थगित

नेपाल एअरलाइन्सका कर्मचारीको आन्दोलन स्थगित

फाइल फाेटाे


नेपालखबर
असोज २५, २०७८ सोमबार २०:५४, काठमाडौँ

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन्।

आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफलपछि कर्मचारीहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन्।

मन्त्री आले तथा नेपाल वायुसेवा निगमका कर्मचारीबीच नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानूनसम्मत तरिकाले समाधान गर्ने सहमति पश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले बताए। 

उनले भने, ‘महाप्रबन्धक र हामी कर्मचारीबीच समस्या समाधान गरिने सहमति भएको छ, मन्त्रीले हामीलाई १५ दिनको समय दिनुभएकाले हामीले आफ्ना आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छौँ।’

नेपाल वायुसेवा निगमका महाप्रबन्धक पौडेलका कारण वायुसेवा निगम घाटामा गइरहेको आरोपसहित कर्मचारीले १०४ दिनदेखि आन्दोलन गर्दै आएका थिए।

यसै क्रममा आन्दोलनरत कर्मचारीका विभिन्न सङ्घ/सङ्गठनले मन्त्री आलेलाई महाप्रबन्धक पौडेलको बर्खास्तीका लागि भन्दै ज्ञापनपत्र बुझाएका छन्। महाप्रबन्धक पौडेललाई पुनः नेपाल वायुसेवा निगममा नपठाउन कर्मचारीको माग रहेको छ।

कर्मचारीले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री आलेले नेपाल वायुसेवा निगमको स्तरोन्नति तथा वृत्ति विकासका लागि आफू सदैव लागि पर्ने बताए। आलेले कर्मचारीका समस्या तथा वायुसेवा निगममा भए गरेका विसंगति तथा बेथितिलाई अन्त्य गरिने आश्वासन दिएका थिए।

सहमति पश्चात कर्मचारीले आफूले लगाएको ताला पनि आजैदेखि खोलिएको जानकारी दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .