प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सरकारमा जाने नयाँ चार अनुहारको टुंगो लगाएको छ।
कांग्रेसका तीनै समूहबाट चार मन्त्रीको टुंगो लागेको हो। जस अनुसार दिलेन्द्र बडू कानुन मन्त्री बन्ने भएका छन्।
त्यस्तै डा. मिनेन्द्र रिजालले रक्षा मन्त्रालय सम्हाल्ने भएका छन्। रिजाल र बडू दुवै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन्।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट उमा रेग्मीलाई महिला मन्त्रालय दिने भएका छन्।
त्यस्तै पूर्वमहामन्त्री कृष्ण सिटौला समूहबाट उमाकान्त चौधरीले खानेपानी मन्त्रालय सम्हाल्ने भएका छन्।
त्यसैगरी कानुन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयमा लगिएको छ।
654
Shares
प्रतिक्रिया