विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई दुवै जनाले राजीनामा दिएर महाधिवेशनमा जान प्रस्ताव गरेका छन्।
पाण्डेले केन्द्रीय कमिटीमा विवाद समाधानका लागि तीन वटा विकल्प प्रस्तुत गरेको विवेकशील साझाले जनाएको छ। पाण्डेले ३९ पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेका हुन्। उनले पार्टीमा रवीन्द्र मिश्रले विधान मिचेको आराेप पनि लगाएका छन्।
उनले उक्त दस्तावेजमा किशोर थापाहरूलाई समेत पक्षधरता लिन अनुरोध गर्दै वैकल्पिक राजनीतिको भीष्म पितामह नबन्न भनेका छन्।
यस्तै, उनले दुवै दस्तावेज थाती राखेर एकता महाधिवेशन गर्ने वा विवाद समाधानका लागि कार्यदल बनाउन अथवा एकता महाधिवेशनमा जान प्रस्ताव गरेका छन्।
विवेकशील साझा पार्टीमा मिश्र र पाण्डेले बेग्लाबेग्लै दस्तावेज प्रस्तुत गरेपछि विवाद बढ्दै गएको छ।
प्रतिक्रिया