ad ad

राजनीति


प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

प्रदेश २ का मुख्यमन्त्री राउतले पाए विश्वासको मत

नेपालखबर
असोज २०, २०७८ बुधबार १८:५१, काठमाडौँ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट दुईतिहाइ सांसदबाट विश्वासको मत पाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत लिएका हुन् ।

प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री राउतको पक्षमा ७७ मत परेको छ। यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो। 

राउतलाई उनकै दल जसपासहित सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।

राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।

राउतको विपक्षमा लोसपा र नेकपा एमालेका २३ सांसदहरुले मत दिएका छन्। मुख्यमन्त्री राउतले दुईतिहाइको समर्थन पाएसँगै उनी नेतृत्वका सरकार अब सुरक्षित भएको छ।

मुख्यमन्त्री राउतले विश्वासको मत लिन बुधबार दोस्रो पटक बसेको संसदमा प्रदेशसभाका १०० सदस्यले मतदान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .