प्रदेश २ सरकारले साइकल खरिदमा गरेको भ्रष्टाचारको सत्यतथ्य छानबिनको माग गर्दै जनमत पार्टीले बर्दिबास स्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय घेराउ गरेको छ।
सिके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले बुधबार आयोगको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन्।
जनमत कार्यकर्ताहरूले साइकल खरिदमा भएको भ्रष्टाचारको छानबिन गर, भ्रष्टाचारीलाई कारबाही गर, लगायतका नारा लगाउँदै अख्तियारको कार्यालय घेरेका थिए।
गत बुधबार अख्तियारको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको थियो। यसको समर्थन गर्दै जनमतका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन्।
उनीहरूले प्लेकार्ड र ब्यानरसहित बर्दिबास पुगेर अख्तियारलाई सत्यतथ्य छानबिन गर्न ध्यानाकर्षण गराएका हुन्।
सत्यतथ्य छानबिन गरी कारबाही नगरे अख्तियार विरुद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको छ।
अख्तियारको छापापछि प्रदेश सरकारको चर्को आलोचना, सांसद भन्छन् : छानबिनमा सहयोग गर
Shares
प्रतिक्रिया