ad ad

राजनीति


अखिल क्रान्तिकारीको सम्मेलनस्थलमै झडप, दुई पक्षबीच हात हालाहाल

अखिल क्रान्तिकारीको सम्मेलनस्थलमै झडप, दुई पक्षबीच हात हालाहाल

नेपालखबर
असोज १८, २०७८ सोमबार २१:५४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को जारी २२ औँ राष्ट्रिय सम्मेलनस्थलको हलभित्रै दुई पक्षबीच झडप भएको छ।

पञ्चा सिंहलाई अध्यक्ष र महासचिवमा दिपेश पुनको नाम घोषणा भएपछि असन्तुष्ट पक्ष झडपमा उत्रिएको हो।

दुई दिनअघि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने निर्णय लिएका थिए।

तर सिंहलाई नयाँ अध्यक्षका रुपमा सम्मेलनस्थलमा घोषणा गरिएको हो। सिंहलाई अध्यक्ष घोषणा गरिरहँदा सम्मेलनस्थलमा घम्साघम्सी परेको हो। 

क्रान्तिकारीको विधान बमोजिम १ सय ९९ सदस्यीय कमिटी घोषणा गर्नुपर्ने थियो। तर त्यसको दोब्बर ठूलो ३ सय ९९ सदस्यीय घोषणा गर्न खोज्दा बढेको विवादले झडपको रुप लिएको हो। 

यसअघि उपाध्यक्ष रहेका उपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दिपेश पुनलाई नयाँ महासचिव घोषणा गरिरहँद सुरु भएको विवाद झडपम परिणत भएको हो।

सम्मेलनस्थलमा केही बेर चर्का नाराबाजी पनि भएको थियो। सिंहलाई प्रचण्डले अध्यक्ष बनाएपछि सुरेन्द्र बस्नेतसहितका पाँच नेतालाई माओवादी केन्द्रीय सदस्य बनाइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .