ad ad

राजनीति


सर्वोच्च बारले प्रधानन्यायाधीशलाई सोध्यो : पाँच दलीय गठबन्धनसँग मन्त्रीको भागबन्डा भएको हो?

सर्वोच्च बारले प्रधानन्यायाधीशलाई सोध्यो : पाँच दलीय गठबन्धनसँग मन्त्रीको भागबन्डा भएको हो?

नेपालखबर
असोज १८, २०७८ सोमबार १२:२०, काठमाडौँ

सर्वोच्च अदालत बार एशोसियशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर मन्त्रीको भागबण्डाबारे प्रश्न गरेको छ। 

पछिल्लो समय सञ्चारमाध्यममा प्रधानन्यायाधीश जबरालाई पनि कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले मन्त्रीको कोटा छुट्याएको समाचार आएपछि बारका पदाधिकारीले सोमबार प्रधानन्यायाधीशलाई भेटेका हुन्।

सर्वोच्चकै असार २८ को परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश जबरालाई पनि मन्त्रीको भागबण्डा गरिदिएको समाचार आइरहेका छन्। 

'पाँच दलीय गठबन्धनसँग मन्त्रीको भाग मागेकोबारे हामीले उहाँको ध्यानाकर्षण गरायौँ। के हो कुरा भनेर सोध्यौँ', सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले नेपालखबरसँग भने, 'यस विषयले हामी चिन्तत पनि छौं। श्रीमानको बारेमा यस्तो कुरा आएपछि सत्यतथ्य के हो बताउनुपर्यो भन्यौं।’ 

जवाफमा प्रधानन्यायाधीश राणाले पत्रपत्रिकामा जे पनि आउन सक्ने भन्दै सबै कुरा सत्य नभएको दाबी गरे। यसबारेमा विज्ञप्ति निकालेर आफूले प्रष्ट पार्ने जवाफ दिएको भेटमा सहभागीले वकिलहरुले बताए। 

प्रधानन्यायाधीशको विज्ञप्ति आएपछि बारले अब के गर्ने भन्ने धारणा बनाउने अध्यक्ष शाक्यले बताए। बारले यसबारेमा जतिसक्दो छिटो प्रष्ट पार्न प्रधानन्यायाधीश राणासँग माग गरेको छ। 

अध्यक्ष शाक्यले न्यायालयलाई प्रलोभनमा पारेर प्रभावित पार्न खोज्नु दु:खद भएको बताए। 

‘कुनै पनि राजनीतिक दल वा नेताले न्यायपालिकालाई फकाउन, भागबण्डामा राख्ने, कसैलाई किन्ने वा न्यायपालिकालाई कुनै किसिमबाट प्रलोभनमा पार्ने कुनै पनि प्रयास गर्छन् भने सर्वोच्च बारले त्यसको घोर भर्तसना गर्छ', उनले भने, 'यो कुरा हाम्रा लागि सह्य हुन सक्दैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .