ad ad

राजनीति


दोलखामा देउवा पक्ष तेस्रो, पौडेल र सिटौला पक्षबीच दोस्रो चरणको निर्वाचन हुने

दोलखामा देउवा पक्ष तेस्रो, पौडेल र सिटौला पक्षबीच दोस्रो चरणको निर्वाचन हुने

नेपालखबर
असोज १७, २०७८ आइतबार २०:४०, काठमाडौँ

नेपाली कांग्रेस दोलखाको सभापतिका लागि पुनः मतदान हुने भएको छ। 

आइतबार भएको मतगणनामा चारै जना उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेपछि पहिलाे र दाेस्राे दुई जनाबीच पुनः  प्रतिष्पर्धा हुने भएको हो।

कांग्रेस दोलखाको अधिवेशनमा खसेको सबै मत गन्दा सभापतिका उम्मेदवार बर्मा लामाले ६४३, तारा खड्काले ३९७, रुद्र बहादुर खड्काले ३५८ र केशव चौलागाईंले ९५ मत प्राप्त गरे।
यो परिणामले दोस्रो चरणमा सभापतिको फेरि चुनाव हुने भएको छ।

लामा वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् भने तारा खड्का कृष्ण सिटौला निकटका नेता हुन्। तेस्रो मत प्राप्त गरेका सभापति  शेरबहादुर देउवा निकट रुद्रबहादुर खड्का प्रतिष्पर्धाबाट बाहिरिएका छन्। 

अब सोमबार दोस्रो चरणको मतदान हुने कांग्रेस दोलखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .