ad ad

राजनीति


‘अबको स्ववियू निर्वाचनले शैक्षिक संस्थाहरुबाट एमाले अनेरास्ववियूको ओैपचारिक विदाइ गर्छ’

‘अबको स्ववियू निर्वाचनले शैक्षिक संस्थाहरुबाट एमाले अनेरास्ववियूको ओैपचारिक विदाइ गर्छ’

नेपालखबर
असोज ९, २०७८ शनिबार २२:५१, काठमाडौँ

अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले आउँदो स्ववियू निर्वाचनले  एमाले भ्रातृ संगठन अनेरास्ववियुको ओैपचारिक विदाइ गर्ने दाबी गरेका छन्। 

बिहीबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै तामाङले यस्तो दाबी गरेका हुन्। 

केपी वलीको पटक–पटकको प्रतिगमनकारी कदमलाई साथ दिएर एमाले अनेरास्ववियुले विद्यार्थी आन्दोलनमाथि कालो पोतेको उनले आरोप लगाए। 

तामाङले भने, ‘संसद् अपहरणको साक्षी र समर्थक बनेर एमाले अनेरास्ववियुले गम्भीर अपराध गरेको छ। मुलुकभरका शैक्षिक संस्थाहरुमा विद्यार्थीहरु हिसाब गरेर बसिराखेका छन्। आउँदो स्ववियू निर्वाचनमा प्रतिगमनको मतियार बनेको अनेरास्ववियुका निम्ति अन्तिम निर्वाचन हुनेछ।’ 

तामाङले अगाडि भने, ‘मण्डले विद्यार्थी संगठनले आउँदो स्ववियू चुनावमा उमेदवार समेत नपाउने स्थिति बन्नेछ।’ 

आउँदो निर्वाचनमा गाउँ–गाउँका जनता एमालेलाई धूलो चटाउने दिन कुरेजस्तै लाखौँ विद्यार्थीहरु अनेरास्ववियूको विदाइको निम्ति स्ववियू चुनावको मिति कुरेर बसेको उनको दाबी थियो। 
 
माओवादी केन्द्रका स्थायी समिति सदस्यद्वय हितमान शाक्य र हरि अधिकारी तथा गण्डकी प्रदेश सांसद दिपक अधिकारी, नेता शैलेन्द्र घिमिरे उपस्थित कार्यक्रमलाई अखिल क्रान्तिकारी उपाध्यक्ष विजय गौतम, उपमहासचिव जीपी मैनाली, केन्द्रीय सचिव प्रबिना अधिकारी लगायतले सम्बोधन गरेको गण्डकी केन्द्रिय सचिव तथा प्रदेश संयोजक क्षितिज सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .