ad ad

राजनीति


प्रदेश १ र वागमतीमा नयाँ सरकार गठन गर्ने सत्तारुढ गठबन्धनको तयारी

प्रदेश १ र वागमतीमा नयाँ सरकार गठन गर्ने सत्तारुढ गठबन्धनको तयारी

नेपालखबर
असोज ६, २०७८ बुधबार २१:४३, काठमाडौँ

सत्तारुढ गठबन्धनबीच प्रदेश १ र वागमती प्रदेशमा नयाँ सरकार गठन गरेर अघि बढ्ने सहमति भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बेलुकी बसेको गठबन्धनको बैठकले दुई प्रदेशमा सरकार गठन गरेर अघि बढ्ने सहमति जुटाएको हो। 

गठबन्धनमा रहेका दलहरुबीच प्रदेश १ र वागमती प्रदेशमा सरकार गठन गरेर अघि बढ्ने सहमति जुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन्। 

अहिले प्रदेश १ र वागमती प्रदेशमा नेकपा एमालेको सरकार छ। एमालेको सरकार रहेका दुवै प्रदेशमा गठबन्धनकै सरकार गठन गरेर अगाडि बढ्ने समझदारी भए पनि कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने बारेमा टुंगो लाग्न बाँकी रहेको स्रोतले जनाएको छ।  

बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका बारेमा पनि छलफल भएको बताइएको छ। तर, बैठकमा मन्त्रिपरिषद् विस्तारका बारेमा ठोस सहमति भने नजुटेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र) नेता नारायणकाजी श्रेष्ठले बताए।

नेता श्रेष्ठले संघीय सरकारको विषयमा बिहीबार फेरि छलफल गरिने जानकारी दिए।

 ‘बैठक भोलि (बिहीबार) बस्ने गरी सकियो,’ उनले भने। 

बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारलाई क्रमिक रुपमा पूर्णता दिने बारे छलफल भएको जानकारी दिए।

‘सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भयो,’ उनले नेपालखबरसँग भने, ‘गठबन्धन बलियो बनाएर जाने भन्ने भयो।

महामन्त्री खड्काले बिहीबार बस्ने बैठकमा बजेट पास र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशमाथि ल्याउन लागिएको प्रतिस्थापन विधेयक सफल बनाउन लाग्ने समझदारी बनेको पनि जानकारी दिए। 

गठबन्धनका विषयमा बाहिर अनावश्यक हल्ला चलाइएको र गठबन्धनमा कुनै समस्या नरहेको पनि उनले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .