ad ad

राजनीति


पोखरामा विप्लवको गर्जन : तीन बुँदे पालना नभए फेरि संघर्ष

पोखरामा विप्लवको गर्जन : तीन बुँदे पालना नभए फेरि संघर्ष

वाशुदेव मिश्र
असोज ६, २०७८ बुधबार १९:६, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले यसअघिको सरकारसँग गरिएको तीन बुँदे सहमति पालना नभएकोमा तीब्र रोष प्रकट गरेका छन्। 

आफू निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको बुधबार पोखरामा उद्घाटन गर्दै उनले सम्झौता लागू नभए आन्दोलन गरिने उद्घोष पनि गरे।

तत्कालीन केपी ओलीको सरकारले गएको फागुन २१ गते विप्लवसँग ३ बुँदै सम्झौता गरेको थियो। सम्झौतासँगै विप्लवमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएको थियो भने जेलमा रहेका विप्लवका कार्यकर्तालाई छुटाउने सरकारी प्रतिवद्धता थियो। 

 ‘केपी ओलीसँग एउटा विश्वास गरेर सहमति गर्‍यौँ, त्यसपछि शेरबहादुर देउवासँग भेटेर राम्रै कुराकानी भयो, उहाँले लागू हुन्छ पनि भन्नुभयो तर ६ महिना बित्यो। साथीहरु बिरामी हुनुहुन्छ। जेलमा हुनुहुन्छ। यो कुनै दयामायाको कुरा हैन नि’,उनले भने,  ‘किन लागू गर्नुहुन्न तपाईंहरु लागू गर्नुहोस्, लागू गर्नुभएन भने जनतालाई साथमा लिएर लागू गराउनुपर्छ।’

उनले आफ्नो मुटुमा देश र जनतामात्रै भएको बताउँदै सहमति गर्ने लागू नगरेर आफूहरुलाई अप्ठेरोमा पारेको आरोप लगाउँदै आफू इमान्दार हुँदाहुँदै पनि अर्को सर्त थपिनु मान्य नभएको पनि बताए।

सहकार्य गर्ने धोका दिने संसदीय प्रणाली नेकपालाई मान्य नहुने पनि उनले उद्घोष गरे। उनले आफूमाथि प्रतिबन्ध लगाउने खालको कुनै गल्ती नगरेको पनि जिकिर गरे। 

एमसीसी राष्ट्रघाती 
महासचिव विप्लवले अमेरिकी सहयोगमा सञ्चालनमा ल्याइने भनिएको मिलिनियम च्यालेञ्ज (एमसीसी) राष्ट्रघाती भएको दोहोर्‍याए। पैसाको पछि लाग्दा भारतले स्वाधीनता गुमाएको प्रसंग झिक्दै उनले डलर बोकेर, एमसीसीलाई कसैले लाद्छ भने त्यसले प्रतिरोधको सामना गनुपर्ने उद्घोष पनि गरे। 

उनले भने, ‘कांग्रेस र कम्युनिष्टका नेतासहित बाबुरामको पछिल्लो अभिव्यक्ति अमेरिका गएर फर्केपछि बाबुरामको कुरा आइरा’छ, उहाँ बुद्धिजीवि पनि हो, संसदले पास गर्नुपर्छ, नभए त्यत्तिकै पनि पास गर्नुपर्छ भन्नुभएको छ, एमसीसीलाई बोकेर हिँड्नु भनेको आगोको भुंग्रोमा पस्नु हो।’

उनले नेपालका नेताहरुले ५० अर्ब आउँदा १० प्रतिशत हुन आउने ६ अर्ब कमिसनमा मात्रै ध्यान दिएको आरोप पनि लगाए। उनले सरकारका सचिवहरुलाई पनि यो सम्झौता अगाडि नबढाउन चेतावनी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .