राष्ट्रिय जनमोर्चा दैलेखको अध्यक्षमा भीम सिंह विष्ट चयन भएका छन्।
बुधबार दैलेख बजारमा सम्पन्न पाँचौ जिल्ला भेलाले विष्टको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा लोकपाल थापा, सचिव कृष्ण केसी, सहसचिवमा नरबहादुर सिंह र कोषाध्यक्ष नन्दा आचार्य चयन भएका छन्।
भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज जनकराज शर्माले गरेका थिए।
त्यस क्रममा उपाध्यक्ष शर्माले देशमा विदेशी हस्तक्षेप बढ्दै गएको र राष्ट्रियता, स्वाधिनता र अखण्डतामाथि आँच पुगेको बताए। केपी शर्मा ओलीले संसद विघटन गरेर आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई ध्वस्त पार्न खोजेको उनको आरोप थियो।
नेता शर्माले लोकतन्त्र र गणतन्त्रको रक्षा तथा राष्ट्रियताका लागि शक्तिशाली आन्दोलन उठाउनुपर्ने आवश्यकता औँल्याए।
Shares
प्रतिक्रिया