ad ad

राजनीति


सरकारले दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने

सरकारले दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने

नेपालखबर
असोज ६, २०७८ बुधबार १८:५, काठमाडौँ

सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ। 

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा सो विधेयक ल्याउने तयारी भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

भदौ १ गते नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षलाई सहज हुने गरी सरकारले राजनीतिक दल विभाजन गर्ने अध्यादेश ल्याएको थियो। 

सो अध्यादेशले एमाले र जसपा विभाजन भएको थियो। 

अहिले मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश फिर्ता नभई सरकारमा नजाने जसपाको अडानको कारण प्रतिस्थापन विधेयक ल्याउन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .