ad ad

राजनीति


तालिबानको डरले अफगानिस्तानको आकाश नछोई अमेरिका गयो मोदी सवार विमान

तालिबानको डरले अफगानिस्तानको आकाश नछोई अमेरिका गयो मोदी सवार विमान

फाइल तस्बिर


नेपालखबर
असोज ६, २०७८ बुधबार १७:२५, काठमाडौँ

अमेरिका भ्रमणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार विमानमा त्यसतर्फ प्रस्थान गरेका छन्। 

तर उनको विमान अफगानिस्तानको आकाश भएर गएन। सुरक्षाका कारण यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट सीधै अमेरिका उडानका लागि पास्कितानको हवाई मार्ग प्रयोग गरेका हुन्। 

अफगानिस्तान कब्जा गरेपछि तालिबानले गत अगस्ट १६ देखि आफ्नो हवाई मार्ग (आकाश) मा व्यावसायिक उडान प्रतिबन्ध लगाएको थियो। त्यसपछि भारत सरकारले आफ्ना हवाई सेवा कम्पनीहरूलाई अफगानिस्तानको हवाई मार्ग प्रयोग नगर्न सूचना जारी गरेको थियो। 

प्रधानमन्त्री मोदीसँग विशेष विमानमा एनएसआई अजित डोभाल, विदेश सचिव हर्षवर्धन शृंगलासहित सरकारका उच्च अधिकारी अमेरिका गएका छन्। सरकारी स्रोतका अनुसार प्रधानमन्त्री मोदीको उडानका लागि पाकिस्तानको हवाई क्षेत्र प्रयोगका लागि अनुमति मागिएको थियो। 

खासमा भारतबाट अमेरिका जाने हवाई रुट पाकिस्तान र अफगानिस्तान भएर जान्छ। यसपछि विमान ताजिकिस्तानको सीमास्थित नर्थ एटलान्टिक महासागरमाथि भएर उड्छ। 

प्रधानमन्त्री मोदीको विशेष विमान नयाँ दिल्लीबाट सीधै अमेरिका उड्दा १५ घण्टा लाग्छ। तर अफगानिस्तानको आकाश प्रयोग नगर्दा केही समय बढी लाग्नेछ।  

अमेरिकामा आयोजना हुने क्वाड शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी त्यसतर्फ गएका हुन्। त्यहाँ उनले अमेरिकाका राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र जापानका प्रधानमन्त्री योसिहिदे सुगालगायत सँग भेटवार्ता गर्नेछन्। 

यो पनि : ​बुधबार अमेरिका जाँदै मोदी, राष्ट्रपति बाइडेनसँग पहिलोपटक द्विपक्षीय वार्ता गर्दै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .