ad ad

राजनीति


१३ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेर मात्रै गाउँ/नगर अधिवेशन गर्न माग

१३ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेर मात्रै गाउँ/नगर अधिवेशन गर्न माग

नेपालखबर
असोज ६, २०७८ बुधबार १६:४२, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले बाँकी रहेका १३ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेरमात्रै गाउँ/नगरपालिका अधिवेशन गर्न माग गरेको छ। 

महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बुधबार दिउँसो बसेको पौडेल समूहको बैठकले बाँकी रहेका १३ जिल्लाहरुमा वडा अधिवेशन सम्पन्न गरेरमात्रै गाउँ÷नगरपालिका अधिवेशन गर्न माग गरेको हो। 

‘बाँकी रहेका १३ जिल्लामा वडा अधिवेशन टुंग्याएर गाउँपालिका÷नगरपालिकाको अधिवेशन गर्नुपर्ने हाम्रो निष्कर्ष हो’, महाराजगञ्ज बैठकमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने। 

पौडेल समूहले १३ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेरमात्रै गाउँ÷नगरपालिका अधिवेशन गर्ने माग अघि सारेपछि असोज ९ गतेका लागि निर्धारण गरिएको उक्त अधिवेशनबारे अन्यौलता सिर्जना भएको छ। 

पौडेल समूहको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको हैसियतमा गरेको परराष्ट्रमन्त्रीको नियुक्तिप्रति पनि असन्तुष्टि जनाएको छ। यद्यपि, संसदीय अभ्यासमा प्रधानमन्त्रीले मन्त्री छान्ने परिपाटी छ। 

‘संसदीय अभ्यासमा प्रधानमन्त्रीले मन्त्री छान्ने हो। तर, हाम्रो परम्परा छलफल गरेर मन्त्री नियुक्त गर्ने हो’, नेता केसीले भने, ‘यसमा हाम्रो मतभेद छ।’

उनले केन्द्रीय सदस्य डा. नारायण खड्कालाई छलफल नगरेरै मन्त्री नियुक्त गरेको प्रति आफूहरुको व्यक्तिका प्रति कुनै नकारात्मकता नभएको पनि प्रष्ट्याए। 

‘मापदण्ड नबनाई, छलफल नगरी मन्त्री नियुक्त गरे। व्यक्तिमा हाम्रो नकारात्मकता होइन’, केसीले भने, ‘तर, त्यसलाई कन्सल्टेसन गरेर सामूहिकता ल्याउन प्रयास गरेको भए पार्टीलाई फाइदा हुन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .