ad ad

राजनीति


माओवादीले मन्त्रीको नाम आजै टुंगो लगाउने

माओवादीले मन्त्रीको नाम आजै टुंगो लगाउने

नेपालखबर
असोज ६, २०७८ बुधबार १६:३८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ। 

बैठकले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ। 

आजै नाम टुंगो लगाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी भएको एक नेताले जानकारी दिए। 

यसैगरी बैठकले राजदूतहरुको नामका विषयमा पनि छलफल गर्ने ती नेताले बताए। 

सरकार गठन भएको करिब साढे दुई महिना बितिसक्दा समेत सरकार विस्तार हुन सकेको छैन। मुख्य सत्ता साझेदार माओवादी केन्द्रका हाल दुई जना मन्त्री मात्रै सरकारमा सहभागी छन्।

यस्तै, पूर्ववर्ती ओली सरकारले राजनीतिक निर्णयका आधारमा नियुक्त गरेका विभिन्न देशका राजदूतहरुलाई समेत सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि ती देशमा राजदूत पद खाली भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .