ad ad

राजनीति


गच्छदारको प्रश्न : विभागीय मन्त्रीको हैसियतले मन्त्रिपरिषदमा प्रस्ताव लैजानु भ्रष्टाचार हुन्छ?

गच्छदारको प्रश्न : विभागीय मन्त्रीको हैसियतले मन्त्रिपरिषदमा प्रस्ताव लैजानु भ्रष्टाचार हुन्छ?

नेपालखबर
असोज ६, २०७८ बुधबार १४:५५, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफू निर्दोष रहेको जिकिर गरेका छन्। 

बुधबार पत्रकार सम्मेलन आयोजना गरी गच्छदारले व्यक्तिगत रुपमा सरकारलाई हानी हुने कुनै काम आफूले नगरेको बताए।

उनले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा दर्ता गरिएको मुद्दा पूर्वाग्रह प्रेरित भएको दाबी पनि गरे। 

‘प्रधानमन्त्री एवम् विशिष्ठ व्यक्तिहरुको निवास विस्तार गर्ने नेपाल सरकारको गुरुयोजना मैले भौतिक योजना तथा आवास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभन्दा पहिलादेखि नै प्रारम्भ भएको हो। उक्त गुरुयोजना मेरो निर्णय र निर्देशनले बनेको होइन’ गच्छदारले भने, ‘सो गुरुयोजना कार्यान्वयन गर्न तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालज्यूको निर्देशनानुसार प्रक्रिया अघि बढेकोमा तह तह हुँदै म सम्म आएको टिप्पणी बमोजिम प्रस्ताव उपर निर्णय हुनको लागि मैले मन्त्रिपरिषदमा प्रस्ताव पेश सम्म गरेको हुँ।’

उनले उक्त प्रस्ताव मन्त्रिपरिषदबाट सर्वसम्मत रुपमा पारित भइ कार्यान्वयन अगाडि बढेको बताए।

गच्छदारले भने, ‘यस्तो मन्त्रिपरिषदको सामूहिक निर्णयको विषयमा विभागीय मन्त्रीको हैसियतले प्रस्तावसम्म पेश गर्ने म उपर मात्रै मुद्दा चलाइएको तथ्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म उपर पूर्वाग्रह राखेको प्रमाणित गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .