ad ad

राजनीति


परराष्ट्रमन्त्री नियुक्त खड्काकाे शपथ आज

परराष्ट्रमन्त्री नियुक्त खड्काकाे शपथ आज

नेपालखबर
असोज ६, २०७८ बुधबार ११:५६, काठमाडौँ

नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार (आज)  शपथ खाने भएका छन्।

उनले दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ खाने राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति कार्यालयमा दिउँसो १ बजे शपथ ग्रहण समारोह आयोजना गरिने जानकारी दिए।

सरकारले बुधबार नै नेपाली कांग्रेसका नेता डा. खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको हाे। 

सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार उनलाई प्रधनमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेका हुन्।

सरकारले उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति भण्डारीलाई पठाएको थियो। मन्त्रालयको कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन बुधबारै न्युयोर्क जाने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .