ad ad

राजनीति


देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपालखबर
असोज ६, २०७८ बुधबार ९:२७, काठमाडौँ

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पार्टीको १४ औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाइएको कांग्रेसले जनाएको छ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने देउवाका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिए।

मंगलबार सत्ता गठबन्धन दलका शीर्षनेताको बैठकमा कांग्रेस नेता डा. नारायण खड्कालाई तत्काल परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो। पदाधिकारी बैठकमा सोबारे पनि छलफल हुने बताइएको छ। 

यसैगरी कांग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा पनि बैठकले आवश्यक निर्णय गर्ने एक नेताले जानकारी दिए।

प्रदेश नम्बर २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवरण अझै सार्वजनिक हुन सकेको छैन। ती जिल्लामा यसअघिको वडा अधिवेशन कार्यतालिकासमेत प्रभावित भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .