ad ad

राजनीति


‘ओकस’को ऐँठनबीच मोदीले गरे म्याक्रोनलाई फोन

‘ओकस’को ऐँठनबीच मोदीले गरे म्याक्रोनलाई फोन

फाइल तस्बिर : फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोन (बायाँ) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी।


नेपालखबर
असोज ६, २०७८ बुधबार ६:१५, काठमाडौँ

अस्ट्रेलिया, बेलायत र अमेरिकाबीच भएको सुरक्षा सम्झौता ‘ओकस’प्रति रिसाइरहेको देश फ्रान्सका राष्ट्रपतिसँग भारतका प्रधानमन्त्रीले फोन गरेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोनसँग फोनमा हिन्द–प्रशान्त क्षेत्रमा मिलेर काम गर्ने विषयमा कुराकानी गरेका हुन्। 

भारतको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार दुई नेताबीच अफगानिस्तानको पछिल्लो अवस्था, आतंकवाद, महिला र अल्पसंख्यकको अधिकारबारे विषयमा पनि छलफल भएको छ। 

प्रधानमन्त्री मोदीले ट्विटमार्फत भनेका छन्, ‘हाम्रो मित्र इम्यानुअल म्याक्रोनसँग अफगानिस्तानको अवस्थाबारे कुराकानी गरेका छौं। हामीले हिन्द–प्रशान्त क्षेत्रमा भारत र फ्रान्सको साझा प्रयासका विषयमा पनि छलफल गर्यौं। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा समेत हामीलाई फ्रान्सको रणनीतिक साझेदारी निकै महत्त्वपूर्ण छ।’ 

फ्रान्सका राष्ट्रपति म्याक्रोनले पनि भारतको रणनीतिक स्वायत्तताका लागि फ्रान्सले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको भारतले जनाएको छ। 

यो पनि :

‘ओकस’को असर : अस्ट्रेलियासँग रिसायो फ्रान्स, फिर्ता बोलायो राजदूत

‘ओकस’प्रति उत्तर कोरिया पनि आक्रोशित, अमेरिकालाई दियो चेतावनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .