ad ad

राजनीति


सबै सीमा नाका खुला गर्ने सरकारको निर्णय

सबै सीमा नाका खुला गर्ने सरकारको निर्णय

नेपालखबर
असोज ६, २०७८ बुधबार ६:६, काठमाडौँ

सरकारले सबै सीमानाका खुला गर्ने निर्णय गरेको छ। कोभिड १९ संक्रमण बढेपछि  बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको  हो। 

सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सरकारले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ। 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो आदेश जारी गरेको हो। अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएपछि सरकारले नयाँ आदेश जारी गरेको मन्त्री कार्कीले जानकारी दिए। 

सो आदेशबाट प्रधानमन्त्रीको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ। समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन्। 

त्यसैगरी बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन, ०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .