ad ad

राजनीति


वर्तमान गठबन्धन आउँदो चुनावसम्म : माधव नेपाल (प्रतिवेदनको पूर्णपाठ)

वर्तमान गठबन्धन आउँदो चुनावसम्म : माधव नेपाल (प्रतिवेदनको पूर्णपाठ)

नेपालखबर
असोज ५, २०७८ मंगलबार २२:१, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वर्तमान पाँच दलीय गठबन्धन आगामि प्रतिनिधि सभाको निर्वाचनसम्म कायम राख्नुपर्ने बताएका छन्। 

पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्ष नेपालले लोकतन्त्रको रक्षा र मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सवालमा पाँच दलीय गठबन्धनले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

‘यस मोर्चाबन्दी र सहकार्यलाई कम्तिमा पनि प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आगामी निर्वाचनसम्म कायम राख्नुपर्ने र स्थानीय तहसम्म पु¥याउनुपर्ने आवश्यकता छ’ उनले भनेका छन्।

मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार देखिएको नेपालले बताएका छन्। 

‘जसमा एउटा अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शंक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोच जसको मुख्य प्रतिनिधित्व केपी ओली गुटले गरिरहेको छ’ नेता  नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ, ‘अर्को वाम लोकतान्त्रिक समिकरण, जसको प्रतिनिधित्व नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेका छन्।’ 

उनले आफ्नो पार्टी राष्ट्रियता, जनवाद, जनजीविका, सामाजिक न्याय समानता र समाजवादको पक्षमा दृढतापूर्वक उभिने बताउँदै अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार र अपारदर्शीताको सख्त विरोधी रहने दाबी पनि गरेका छन्।

यस्तो छ, दस्तावेज

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .