राजनीति


कांग्रेस क्रियाशील सदस्य : राप्रपाबाट आएका छुटेपछि सुनील थापाको आपत्ति

कांग्रेस क्रियाशील सदस्य : राप्रपाबाट आएका छुटेपछि सुनील थापाको आपत्ति

नेपाली कांग्रेसका सह-महामन्त्री सुनिलबहादुर थापाले कैलालीको क्रियाशील सदस्यता नामावलीमा आपत्ति जनाएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आएका अधिकांशको नाम क्रियाशील सदस्यता नामावलीमा समावेश नभएपछि उनी असन्तुष्ट भएका हुन्।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको तीन सदस्यीय कार्यदलले कैलालीमा राप्रपाबाट आएका मध्ये एक सय २५ जनालाई क्रियाशील सदस्यता दिने सहमति गरेको थियो। 

सह-महामन्त्री थापाले उक्त कार्यदलको सहमति कार्यान्वयन नगराउन पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई पत्र पठाएर आग्रह गरेका छन्। 

‘राप्रपाबाट मसँगै नेपाली कांग्रेस प्रवेश गरेका कैलाली जिल्लाका साथीहरुले क्रियाशील सदस्यको नामावलीमा गम्भीर समस्या आएको भनी आमन्त्रित केन्द्रीय सदस्य आशाराम चौधरीले जानकारी गराउनु भएअनुसार उहाँको अनुरोध र मेरो पनि समर्थन एवं सिफारिसमा कैलालीका १२५ जनाको क्रियाशील सदस्यको पेश भएको नामावली हाललाई थाँती राखी १४ औं महाधिवेशनसम्मको क्रियाशील सदस्यमा समावेश नगरिदिन हुन आग्रह गर्दछु,’ उनले पत्रमा भनेका छन्। 

क्रियाशील सदस्यता सूची सार्वजनिक नहुँदा कैलालीमा वडा अधिवेशन हुन सकेको छैन। सिटौला नेतृत्वको कार्यदलले कैलालीसहितका १३ जिल्लाको क्रियाशील सदस्यतामा देखिएको विवाद टुङ्ग्याए पनि कार्यान्वयनका विषयमा सहमति हुन सकेको छैन ।

असोज ५, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .