ad ad

राजनीति


सत्तारुढ शीर्ष नेताको बैठक, मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल

सत्तारुढ शीर्ष नेताको बैठक, मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल

नेपालखबर
असोज ५, २०७८ मंगलबार १७:६, काठमाडौँ

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने र त्यसले मन्त्रालयको भागवण्डाबारे निर्णय गर्ने प्रधानमन्त्री  शेरबहादुर देउवा सचिवालय स्रोतले जनाएको छ। 

प्रधानमन्त्री देउवाले सोमबार छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने घोषणा गरेका थिए। अहिले कांग्रेस र माओवादी केन्द्रबाट ५ जना सरकारमा छन्।

त्यसबाहेक देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी पार्टीबाट पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गरिन लागेको हो।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसहित १४ सांसदविरुद्ध एमालेले हालेको रिटमाथि फैसला आउन समय लाग्ने भएपछि सरकारलाई पूर्णता दिएर जान लागिएको स्रोतले जनायो।

जसपाले सरकारमा सहभागी हुनु अघि प्रतिनिधि सभामा पेश भएको दल विभाजन सम्बन्धि अध्यादेश खारेज हुनुपर्ने सर्त राखेको छ। 

त्यस आधारमा केही मन्त्रीहरु नियुक्त गरेर जाने र बाँकीको पछि नियुक्त गर्ने सम्भावना पनि छ। कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पनि शीर्ष नेताहरुबीच निरन्तर छलफल चलिरहेको बताए।

‘शीर्ष नेताहरु निरन्तर छलफलमा हुनुहुन्छ,’ खड्काले नेपालखबरसँग भने, ‘आजको छलफलमा निष्कर्षमा पुग्ने प्रयास हुन्छ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले ६ बजे गठबन्धनको बैठक बस्ने र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने बताए। 

तर, उनले भागवण्डाबारे कुनै निर्णय भइनसकेको बताए। स्रोतका अनुसार मन्त्रीहरुको भागवण्डा टुंगो लागिसकेको छ। 

सरकारलाई सहयोग गर्न बनेको कार्यदलबीचमा मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि मंगलबार शीर्ष नेताहरुको राखिएको हो।

शीर्ष नेताहरुको बैठक अघि सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .