ad ad

राजनीति


विवेकशील पार्टी दर्ताका लागि आयोगमा निवेदन दर्ता

विवेकशील पार्टी दर्ताका लागि आयोगमा निवेदन दर्ता

नेपालखबर
असोज ५, २०७८ मंगलबार १५:४१, काठमाडौँ

विवेकशील पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। 

‘२०६९ सालदेखि सुरू भएको विवेकशील अभियानलाई निरन्तरता दिँदै त्यसलाई मजबुत र देशमा अहिले देखिएका समय सापेक्ष चुनौतीहरूलाई सामना गर्न सक्ने पार्टीको रूपमा अगाडि बढाउन’ मंगलबार आयोगमा निवेदन दिइएको सो दलले जनाएको छ।

असोज ३ गते दलको तदर्थ संघीय समितिको बैठक बसी कर्मा लामा तामाङको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको थियो। निवेदन दर्ता नम्बर ६६० रहेको छ । 

संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता र सहभागितामूलक लोकतन्त्रलाई पार्टीले प्रस्थानविन्दुको रूपमा स्वीकार्दै राजनीतिक गतिविधि अगाडि बढाउन प्रतिबद्धता जनाएको छ। 

पार्टीले आफ्नो संगठनको हरेक तहमा पदाधिकारीहरूको चयन गर्दा ५० प्रतिशत महिलाको साथै दलित, आदिवासी÷जनजाति, लैंगिक अल्पसंख्यक लगायत सीमान्तकृत समुदायको प्रतिनिधित्व पनि सुनिश्चित हुने प्रावधान विधानमा राखेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .