राजनीति


ओलीको प्रश्न : म प्रधानमन्त्री हुँदा यसरी पदक बाँडेको भए के हुन्थ्यो?

पदकका आँखा हुन्थे भने बरबर रुन्थ्यो : एमाले अध्यक्ष ओली
ओलीको प्रश्न : म प्रधानमन्त्री हुँदा यसरी पदक बाँडेको भए के हुन्थ्यो?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जथाभावी पदक बाँडेको भन्दै आक्रोश पोखेका छन्। श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक विमोचन कार्यक्रमलाई मंगलबार राष्ट्रियसभा गृहमा सम्बोधन गर्दै ओलीले विरोध गर्ने सबै निकायलाई पदक दिएर पदककै बेइज्जत गरेको उल्लेख गरे।

'अस्तिको दिनको जस्तो पदक वितरण हामीले गरेको भए बा! बा! अहिले निर्णय खारेज गर्ने अदालतलाई दिएको छ, बहस गर्ने वकिललाई दिएको छ कसले रोकोस्? विरोध गर्ने अखबार टेलिभिजनलाई दिएको छ कस्तो सबैतिर ढ्याक्ढ्याक्ती आवाज नआओस भनेर थुनेको छ विरोधी नै रहेनन् रत्नपार्कमा बसेर वितरण गरेजस्तै छ भन्या म प्रधानमन्त्री भएको बेला गरेको भए के हुन्थ्यो ? बुद्धिजिवी, नागरिक समाज के भन्थ्यो ?' उनले प्रश्न गरे

ओलीले सबैलाई पुर्‍याएर पदक बाँड्न माहोल शान्त रहेको उल्लेख गरे।

'आज रमाइलो छ सञ्चो छ शान्त छ किनकि विरोध गर्ने कोही छैन यो एउटामात्र उदाहरण हो यस्ता कति हो कति?', उनले सोधे, 'यी ७०/७२ दिनमा छाँटकाँट राम्रो छैन नयाँ पंक्तिमा वितृष्णा जगाउने काम भएको छ पत्रकार वकिल सबैलाई पदक बाँडेको छ।'

पदक बोल्न सक्ने विरोध गर्ने र आँखा भएको भए रोएर आँशु खसाल्ने अवस्था रहेको ओलीले बताए। 

'पदक बोल्न जान्थ्यो भने विरोध गर्थ्यो त्यसका आँखा हुन्थे भने बरबर रुन्थ्यो आँशु खसाउन बाध्य हुन्थ्यो', उनले भने, 'तर ऊ बाध्य छ, जसको घाँटीमा पनि झुण्डिन कति लाज मान्दो होला।'

अहिलेको पदक वितरण मदन भण्डारीले देखाएको बाटो नभएको उनले बताए। यो मदनले देखाएको विपरीतको बाटो भएको उनले जिकिर गरेका छन्। 
 

असोज ५, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .