ad ad

राजनीति


तक्मा बाँडेकामा भीम रावलद्वारा सरकारको आलोचना

तक्मा बाँडेकामा भीम रावलद्वारा सरकारको आलोचना

नेपालखबर
असोज ५, २०७८ मंगलबार ५:४१, काठमाडौँ

नेकपा एमालेका नेता भीम रावलले राज्यले दिने तक्मामा पनि राजनीतिक भागबन्डा गर्न थालिएको भन्दै सरकारकाे आलोचना गरेका छन्।  

मन्त्री, राजदूत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतमा राजनीतिक नियुक्ति गर्दा दलीय भागबन्डा गर्ने गरिएको देशमा अब राज्यले दिने तक्मामा समेत भागबन्डा हुन थालेको नेता रावलको टिप्पणी छ। 

‘यो देश र जनताको फजिती र अधोगतिको मार्ग हो,’ सोमबार राति रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘निर्णयकर्ता हो, देश र जनताप्रति थोरै भए पनि जिम्मेवार होऊ र लोकलाज तथा नैतिकताको ख्याल गर!’

संविधान दिवसका अवसरमा यही असोज ३ गते सरकारले ९०३ जनलाई विभिन्न मानपदवी, अंलंकार र विभूषणले ९०३ जनालाई सम्मान गरेको छ। यो राजनीतिक निकटताका आधारमा प्रदान गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। कतिपय पत्रकारले त यसप्रति असहमति जनाउँदै आफूलाई प्राप्त पदकसमेत अस्वीकार गरेका छन्। 

यो पनि : ​गृहमन्त्री खाँणले फोन गरेर खगेन्द्र संग्रौलालाई सोधे– पदक थाप्ने हो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .