ad ad

राजनीति


परराष्ट्रलाई थाहै छैन जर्मनीमा नेपाली पक्राउ परेको, प्रहरीको पत्राचार

परराष्ट्रलाई थाहै छैन जर्मनीमा नेपाली पक्राउ परेको, प्रहरीको पत्राचार

नेपालखबर
असोज ४, २०७८ सोमबार २१:२८, काठमाडौँ

जर्मनीमा ६० जना नेपाली पक्राउ परेको बारे आफूलाई थाहा नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस बारेमा मन्त्रालयमा कुनै जानकारी नआएको र आफूले पनि सञ्चारमाध्यममा मात्रै देखेको बताएकी छन्। 

‘अहिलेसम्म हाम्रो औपचारिक माध्यमबाट कुनै जानकारी आएको छैन। जर्मनीस्थित नेपाली राजदूतले अभिव्यक्ति दिएको चाहिँ सञ्चारमाध्यममा देखेको हो। हाम्रो त्यही क्षेत्र हेर्ने शाखामा पनि जानकारी छैन’, सोमबार नेपालखबरसँग कुरा गर्दै प्रवक्ता लम्सालले भनिन्। 

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का हुन्। उनले परराष्ट्रमा कुनै जानकारी नगराएको पाइएको हो। 

यसैबिच नेपाल प्रहरीले जर्मनीमा अलपत्र नेपालीको बारेमा विवरण माग गरेको छ। प्रहरीको मानव बेचविखन ब्यूरोले प्रहरी प्रधान कार्यालयमा यस बारेमा सत्यतथ्य विवरण माग गरिदिन भन्दै सोमबार नै पत्राचार गरेको छ। 

प्रहरी प्रधान कार्यालयले अब सम्बन्धित निकायमा पत्राचार गर्ने र आवश्यक समन्वयका लागि इन्टरपोल शाखा मार्फत पहल गर्ने जनाएको छ। 

काठमाडौंबाट अमेरिकाका लागि हिँडेका नेपाली जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन्। उनीहरु मेक्सिकोबाट अमेरिका जाने योजनासहित हिँडेको पाइएको त्यहाँस्थित अध्यागमनले जनाएको छ। 

त्यहाँ पुगेका नेपालीसँग आवश्यक कागजात नभएको र भएका कागजात पनि नक्कली पाइएको अध्यागमनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .