ad ad

राजनीति


भोलि बिहान बस्दै प्रतिनिधि सभाको बैठक, यी हुन् सम्भावित कार्यक्रम

भोलि बिहान बस्दै प्रतिनिधि सभाको बैठक, यी हुन् सम्भावित कार्यक्रम

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०७८ आइतबार २०:१४, काठमाडौँ

प्रायः दिउँसो राख्ने गरिएको प्रतिनिधि सभाको बैठक भोलि (सोमबार) चाहिँ बिहान बस्ने भएको छ। 

संघीय संसद् सचिवालयका अनुसार भोलि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो। 

संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सम्भावित ६ वटा कार्यक्रम तय गरिएको छ।  

आइतबार सार्वजनिक कार्यसूचीअनुसार सोमबारको बैठकमा विनियोजन विधेयकबारे छलफल हुनेछ। अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन्।

मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्नका लागि प्रस्ताव र आर्थिक विधेयकमा दफाबार छलफलकाे मिति तोक्न प्रस्ताव पेस गर्नेछन्।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकमा सांसद प्रेम सुवालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछन्।

यसैगरी सोमबारको संसद् बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ। 

यस्तै विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकबारे उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यक्रम रहेको संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ। 

हेर्नुहोस्, कार्यसूची


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .