ad ad

राजनीति


'कर्मचारी सुध्रिनु पर्छ, देशको गोप्य सूचनाको फाइल बाहिर पठाउने सुनेका छौँ'

'कर्मचारी सुध्रिनु पर्छ, देशको गोप्य सूचनाको फाइल बाहिर पठाउने सुनेका छौँ'

नेपालखबर
असोज २, २०७८ शनिबार १३:५६, काठमाडौँ

नेकपा एमालेका नेता एवम् बामगती प्रदेश इन्चार्ज रामबहादुर थापा बादलले निजामती कर्मचारीतन्त्रले भ्रष्टाचारविरुद्ध अभियान चलाउनुर्ने बताएका छन्। 

नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'भ्रष्टाचारविरुद्ध नयाँ अभियान नचलाई नेपाल समृद्ध हुन सक्दैन। निजामती कर्मचारीहरुले भ्रष्टाचारविरुद्ध अभियान चलाउन जरुरी छ', बादलले भने, 'भ्रष्टाचारलाई कायम राखेर कर्मचारीहरुको सुरक्षा हुन सक्दैन। नीतिगत भ्रष्टाचारहरुसहित सबै प्रकारका विकृतिविरुद्ध कर्मचारी संगठन लाग्नु जरुरी छ।'

उनले समृद्ध र सुखी नेपालीको आकांक्षा पूरा गर्न कर्मचारीतन्त्र र प्रशासनभित्र शुद्धीकरण अभियान चलाउन जरुरी रहेको पनि बताए। 'विकासका फाइल र योजनाका फाइललाई हाम्रा कर्मचारीले टुंगोमा लैजाँदैनन्', उनले भने, 'घुस र अनेक नाममा झुलाउने गरेका छन्। कर्मचारीले जनताको सेवकभन्दा मालिक ठानेमा देश जोगाउन सकिँदैन।'

उनले कर्मचारी प्रशासनबाटै सरकारका गोप्य फाइल र सूचना विदेश पुग्ने गरेका पनि बताए। 'हाम्रो प्रशासनबाट गोप्य फाइल र सूचना बाहिर गएका सुनेका छौँ', उनले भने, 'हाम्रा गोप्य योजनाहरु विदेशीसम्म पुर्‍याउने काम कर्मचारीबाट भएको आइरहेकाले यस्ता काम रोकिनुपर्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .