ad ad

राजनीति


गठबन्धन सरकार अपदस्थ गरेर मध्यावधि चुनाव चाहन्छन् ओली : सिंह

गठबन्धन सरकार अपदस्थ गरेर मध्यावधि चुनाव चाहन्छन् ओली : सिंह

नेपालखबर
असोज १, २०७८ शुक्रबार २२:२, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेकपा (एमाले) का अध्यक्ष केपी ओली वर्तमान सरकार अपदस्थ गरेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्न चाहेको बताएको छ।

नेकपा (मसाल)को हालै सम्पन्न बैठकपछि महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार जारी गरेको वक्तव्यमा ‘अहिले ओलीको नेतृत्वको एमालेले वर्तमान सरकारलाई अपदस्थ गराउन र देशलाई मध्यावधि चुनावमा लैजानका लागि योजनावद्ध प्रकारले अभियान चलाइरहेको’ बताएका छन्।

त्यसका लागि एकातिर, १४ जना सांसदहरूको सांसद पदको खारेजीको लागि सर्वोच्चमा रिट हालेको तथा अर्कातिर संसदलाई अवरूद्ध गर्ने समेत काम गरिरहेको सिंहको आरोप छ।

नवगठित नेकपा(एकीकृत समाजवादी) पक्षको ओलीको प्रतिगमनका विरूद्धको संघर्षमा निर्णयात्मक र ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै सिंहले उनीहरूको सांसद पद खारेज गर्न सकेमा वर्तमान सरकार अपदस्थ हुने र देशलाई मध्यावधि चुनावमा लैजान मार्ग प्रशस्त हुने बताएका छन्। 

एमालेका सम्पूर्ण गतिविधि प्रतिगामी उद्देश्यद्वारा निर्देशित भएको मसालको आरोप छ।

वक्तव्यमा भनिएको छ, ‘अहिले एमालेको सम्पूर्ण जोड निर्वाचनमा जाने र त्यसद्वारा दुई तिहाई बहुमत प्राप्त गर्नेतिर केन्द्रित छ। त्यसरी संविधानमा आफ्नो इच्छाअनुसार संशोधन गर्नको लागि पनि उनीहरूले मार्ग प्रशस्त गर्न चाहन्छन् । निर्वाचनमा त्यसरी विजय भएमा उनीहरूले राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापनाको लागि संविधानमा संशोधन गर्ने तथा लिपुलेक, कालापानी र एमसीसी समेतबारे राष्ट्रघाती सौदावाजी गर्ने सम्भावना रहने छ।’ ​

वक्तव्यमा भनिएको छ,

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .