ad ad

राजनीति


आज राष्ट्रिय विज्ञान दिवस : बाबुरामले सम्झिए वैज्ञानिक र प्राविधिक

आज राष्ट्रिय विज्ञान दिवस : बाबुरामले सम्झिए वैज्ञानिक र प्राविधिक

नेपालखबर
असोज १, २०७८ शुक्रबार ९:१७, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जीवनका सबै क्षेत्रमा विज्ञान प्रविधिको प्रवद्र्धन नगरी मुलुक समृद्ध हुन नसक्ने बताएका छन्। 

राष्ट्रिय विज्ञान दिवस (असोज १) को उपलक्ष्यमा सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले मुलुकलाई सभ्य र समुन्नत बनाउँन जीवनका सबै क्षेत्रमा विज्ञान/प्रविधिको विकास गरिनुपर्नेमा जोड दिएका हुन्। 

नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०७० देखि असोज १ गतेलाई विज्ञान दिवसको रुपमा मनाउँदै आएको छ। सर्वसाधारणले परापूर्व कालदेखि नै १ असोजलाई विश्वकर्मा दिवसको रुपमा मनाउँदै आएका छन्। कल, कारखानामा आज मेसिन, उपमकरणहरुको सफाइ र पूजा गरी विश्वकर्मा पूजाको रुपमा यो दिवस मनाइन्छ। 

‘राष्ट्रिय विज्ञान दिवस (असोज १) को उपलक्ष्यमा सबै वैज्ञानिक/प्रविधिक तथा जनसमुदायमा हार्दिक शुभकामना!,’ जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका नेता भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘युगौंदेखि हाम्रो दिमाग र समाजमा लेउ झैं टाँसिएर बसेका सबै खाले अन्धविश्वास र रूढीवादको अन्त्य नगरी र जीवनका सबै क्षेत्रमा विज्ञान/प्रविधिको प्रबर्धन नगरी सभ्य र समुन्नत समाज बन्दैन है!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .