ad ad

राजनीति


एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा दुर्गा विक चयन

एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा दुर्गा विक चयन

नेपालखबर
असोज १, २०७८ शुक्रबार ७:५७, काठमाडौँ

नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन्।

संसदीय दलको बिहीबार बसेको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको संसदीय दलका नेता दीर्घबहादुर सोडारीले जानकारी दिए। विकलाई दलको बैठकको निर्णयका आधारमा बिहीबार नै सोडारीले प्रमुख सचेतकमा नियुक्त गरेका छन्। 

नेकपा एमालेमा भएको विभाजनपछि सुदूरपश्चिम प्रदेश सभामा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ। प्रदेश सभामा उसका १४ सांसद छन्। 

एकीकृत समाजवादीले सुदूरपश्चिममा संसदीय दलको कार्यालय समेत स्थापना गरेको छ।

एमालेले प्रयोग गर्दै आएको प्रदेशसभा सचिवालय परिसरमा रहेको भवनमै कार्यालय स्थापना गरिएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .