नेकपा एमालेबाट अलग्गिएर माधवकुमार नेपाल समूहले गठन गरेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आज (शुक्रबार) आफ्नो केन्द्रीय कार्यालयको उद्घाटन गर्दै छ।
अध्यक्ष माधवकुमार नेपालका अनुसार अहिले बिहान १० बजे नयाँ बानेश्वरको आलोकनगर (तीनकुने पुल दक्षिण) मा पूजा थापा बस्नेको घरमा नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्न लागिएको हो।
‘यो कुरा सबैमा जानकारी गराउँछु,’ उनले भनेका छन्, ‘साथै सबैबाट सकारात्मक सहयोगको अपेक्षा समेत गर्दछु।’
69
Shares
प्रतिक्रिया