ad ad

राजनीति


यो व्यवस्था असफल भइसक्यो, देश पनि खोक्रो भइसक्यो : प्रभु साह

यो व्यवस्था असफल भइसक्यो, देश पनि खोक्रो भइसक्यो : प्रभु साह

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार २१:३०, काठमाडौँ

पूर्वमन्त्री एवम् एमाले नेता प्रभु साहले वर्तमान व्यवस्था नै असफल भइसकेको बताएका छन्। 

सिरहाको लहानमा बिहीबार आयोजित आईटी आर्मीको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान व्यवस्था पूर्ण रूपमा विकृत रहेको बताए। 

अब यो व्यवस्था नै असफल भई देशमा अस्थिरता निम्त्याइसकेको पनि उनले दाबी गरेका छन्। 

साहले संविधान निर्माण पनि भागबण्डाको आधारमा गरी संसारमा काहीँ नभएको प्रावधान राखेर देशलाई बन्धक बनाइएको बताए। 

असफल व्यवस्थाकै नतिजास्वरूप आज देशमा विद्यमान राजनीतिक किचलो झनै बढेको तर्क उनले गरेका छन्। 

नेपालको सन्दर्भमा कुनै हिसाबले उपयुक्त हुन नसक्ने व्यवस्था संविधानमा समेटेर दलहरूले आफ्नो निहित स्वार्थ मात्रै पूरा गरेको उनको आरोप छ। 

यसले देशलाई ठूलो क्षति पुगेको उनले बताए। ठूलठूला देशहरूमा ५०/६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत नियतले सयौँ सरकार जन्माइएको टिप्पणी गरे।

उनले संसारमा कहीँ पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको बताउँदै शासक वर्गलाई आरक्षण नेपालमा मात्रै रहेको टिप्पणी गरे।

पक्षपातपूर्ण राजस्व बाँडफाँट नेपालमा मात्रै रहेको, अरू देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिनेजस्ता व्यवस्थाले देशलाई खोक्रो बनाइरहेको पनि टिप्पणी गरे।

पूर्वमन्त्री साहले संविधान जारी गर्ने समयमा नै यो संविधानले देशको भलो नगर्ने भन्दै संविधानमा हस्ताक्षर नगरी संघर्षमा गएका थिए। 

त्यति बेलादेखि नै उनले वर्तमान व्यवस्थाको विकल्प खोज्न आग्रह गरेका थिए। भेलाबाट दीपेन्द्र महतोको संयोजकत्वमा आईटी आर्मीको सिरहा जिल्ला कमिटी गठन भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .