ad ad

राजनीति


देउवा, प्रचण्ड र माधव नेपाललाई भट्टराईका ५ सुझाव : सहमतिमा एमसीसी पास गरौं

देउवा, प्रचण्ड र माधव नेपाललाई भट्टराईका ५ सुझाव : सहमतिमा एमसीसी पास गरौं

नेपालखबर
भदौ ३१, २०७८ बिहिबार २०:३५, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी दल संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सहमति कायम गरे एमसीसी पास गर्न गठबन्धनका नेताहरुसँग आग्रह गरेका छन्।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुसँग छलफल गरी भट्टराईले एमसीसीका लागि सहमति जुटाउन आग्रह गरेका हुन्।

उनले प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग भेट गरेका थिए।

त्यसक्रममा भट्टराईले अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो भन्दा छिटो पूर्णता दिन पनि आग्रह गरे।  यस्तै, उनले​ प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउन आग्रह गरे।

भट्टराईले गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने तथा जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने धारणा राखेको उनको सचिवालयले जनाएको छ।

नेताहरूसँगको भेटमा पूर्वप्रम भट्टराईले निम्न सुझावहरू राखेका छन्ः 

१. अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटो भन्दा छिटो पूर्णता दिने।
२. राष्ट्रिय सहमति कायम गरी एमसीसी पारित गर्ने।
३. प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने।
४. गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरुले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसदको पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने।
५. जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .